10 Types of Annoying Nepalese Found In Facebook !!

1. “देख्ने साथ दिल खोलेर १ लाईक १ सेयेर १ कम्मेन्ट गर्नुहोस .. ” भन्नेहरु

फेसबुकमा येस्ता धेरै नेपालीहरु छन् जसलाई लाग्छ भगवानको फोटोमा लाईक गरे मन्दिर गए समान हुन्छ। भगवानले अब तिम्रो आशिर्बाद Viber मा मेस्सेज गरेर पठाउनु हुन्छ, जाऊ तेही गएर पर्ख।

likee

2. “यदी तपाइले देखेर पनि Like गर्नु हुदैन भने 7 साल सम्म नराम्रो हुन सक्छ कृपया Amen टाइप गरिदिनु अनुरोध गर्दछौ ..”

रिश त के, माया लागेर आउछ येस्तो पोस्ट गर्ने हरु संग। यदि फेस्बुकमा Like अनि Amen टाइप गर्दैमा कसैको ज्यान जोगिन्छ भने मेरा औंलाहरु उहिले सहिद घोषणा भै सक्थे।

share

3. yEsTo tYp3 gArN3 HaRu

wHoEvEr tYp3s LyK DiS cAn g0 To wHicH3v3R h3LL tHeY cAmE fRoM..

keyboard

4. बढ्तै राजनीतिक।

यिनीहरुलाई राजनीति बाहेक अरु कुनै कुराको वास्ता छैन । आफ्नो भन्दा अर्को पार्टीको नेताले जे गरे पनि विरोधमा उपस्तिथ हुन्छन फेसबुकमा।

politics

5. लुकेका liker हरु।

उनीहरु चहि कहिले केहि पोस्ट गर्दैनन् तर अर्का का हरेक पोस्टमा पहिलो Like उनीहरु कै हुन्छ। अरुको Like को संख्या बढाएर खुसि हुने यिनीहरु नै असली साथी हुन्।

like1

6. Share बहादुर।

जे कुरा पनि Share गर्ने। “टाउको फुटेको जनावरको फोटो ” – SHARE, “मरेको मान्छेको फोटो” – SHARE, “रमाइलो चुटकिला” – SHARE, “चाहिने नचाहिने कुरा”- SHARE.

overshare

7. Tragedy माया।

हिन्दी सिरीयल भन्दा धेरै नाटक घटछन् यिनीहरुको जिन्दगीमा। Relationship Status को दुरुपयोग गर्न बानी परेका यिनीहरु कहिलेकाही “I Love Single Life #NoDrama ” जस्ता झूट पोस्ट गर्दछन्।  

relation

8. नक्कली नाम नक्कली फोटो।

घर मा बाउ आमाले थाहा पाउछन् भनेर नाम पनि “पल्ला घरे काइला कि छोरी” “आमा को प्यारो छोरो” “वडा नं ७ को दादा” etc. राखेर कुन चै कोरियनको फोटो प्रोफइल पीकचर बनाएर दुनियालाई पागल बनाउछन्।

name

9. म Check-In गर्न मात्रै आएको।

मुस्तांगदेखी मनांगसम्म, अस्पतालदेखी विद्यालयसम्म, भान्सादेखी शौचालयसम्म Check-In गर्छु कसैले “Wow, So Jealous” नभने सम्म।

checkin

10. यसलाई पनि tag, त्येसलाई पनि tag, सबलाई tag .

आफु मात्रै भएको सेल्फीमा 70 जाना अरुलाई tag गर्ने यिनीहरुको Like माग्ने यो छुट्टै तरिका हो। जिन्दगीमा येस्ता मान्छेको विश्वास झुक्किएर पनि गर्नु हुदैन। 

tag

Leave your vote

3 points
Upvote Downvote

Total votes: 15

Upvotes: 9

Upvotes percentage: 60.000000%

Downvotes: 6

Downvotes percentage: 40.000000%

This post was created with our nice and easy submission form. Create your post!

Leave a Reply

Your email address will not be published. Required fields are marked *